होमपेज / समाज
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा शनिबार सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।
गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको थियाे ।