होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशको पछिल्लो शान्ति सुरक्षा लगायत समग्र अवस्थाबारे छलफल र समीक्षा गर्न कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको अध्यक्षमा बुधबार सुर्खेतमा बसेकाे छ। बैठकमा प्रमुख सचिव वीरेन्द्र कुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, डिआइजी माधव श्रेष्ठ, शसस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठ लगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकले मुलुकको पछिल्लो परिस्थिति एवम् नजिकिदै गएको चाडपर्वहरू विजयादशमी, दीपावली, छठ पर्व लगायतलाई ध्यान दिदै यातायात आवागमनलाई सहज बनाउन तथा कानून विपरित हुन सक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सबै सुरक्षा निकायसहित सम्बद्व सुरक्षा निकायसहित सबैले आ- आफनो ठाँउवाट योगदान, समन्वय र सहजीकरण गर्न आव्हान गर्दै शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेकाे छ ।