ट्रेण्डिङ

होमपेज / समाज

भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ आश्विन ८ गते बुधबार ११:०६:२९ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव केहि कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज राति भने देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top