होमपेज / समाज
काठमाडौं । आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू–भागमा साधारणतया मौसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी केहि प्रदेशको पहाडी भू–भागका तथा तराईका भू–भागमा एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेकाे छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया माेसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।