ट्रेण्डिङ

होमपेज / समाज

नवनियुक्त मन्त्रीहरूकाे पद तथा गोपनियताको शपथ

नेपालगाथा २०८२ आश्विन ६ गते सोमबार १६:२६:४५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी छिन्। सोमबार नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।  शीतल निवासमा आयोजित एक विशेष समारोहमा मन्त्रीहरु महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिन्हा र डा. मदन परियारले राष्ट्रपति समक्ष शपथ लिएका हुन् ।

पूर्वन्यायाधीश रहेका सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालय समहाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।

यसैगरी इमेज टिभीका समाचार प्रमुख रहेका जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका छन् भने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्री बन्ने सूचीमा डा. मदन परियार पनि रहेका छन् । उनलाई कृषि विकास तथा पशुपंंछि मन्त्रालयको जिम्मेवारी दिन मन्त्री दिइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top