होमपेज / समाज
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाका सम्भावना पनि रहेकाे छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।