होमपेज / समाज
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेकाे छ । महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।