होमपेज / समाज
काठमाडौं । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया माेसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।