ट्रेण्डिङ

होमपेज / समाज

जेन–जी आन्दोलनको क्रममा चोरिएका सबै रिचार्ज कार्ड ब्लक

खरिद बिक्री नगर्न टेलिकमको आग्रह

नेपालगाथा २०८२ भाद्र ३१ गते मंगलबार ११:५७:३५ मा प्रकाशित

काठमाडौँ । यही २३–२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाल टेलिकमको रिचार्ज कार्डहरू चोरी भएका छन् । कम्पनीले एक सूचना प्रकाशन गर्दै ७० हजार २०० थान रिचार्ज कार्ड चोरी भएको बताएकाे छ ।

कम्पनीका अनुसार २४ भदौमा आन्दोलनका क्रममा गण्डकी प्रदेश पोखराको महेन्द्र पुल स्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयमा तोडफोड तथा आगजनी भएको थियो । सोही क्रममा १०० र ५०० रुपैयाँका रिचार्ज कार्ड चोरी भएका हुन् ।

चोरी भएका सम्पूर्ण रिचार्ज कार्ड सिस्टमबाटै ब्लक भइसकेको कम्पनीका सहायक प्रवक्ता नविनकुमार मिश्रले जानकारी दिए । “ती रिचार्ज कार्ड प्रयोग गर्न खोज्दा रिचार्ज हुने छैन,“ उनले भने, “तर ग्रामीण भेगतिर सर्वसाधारणलाई बिक्री गरी ठगी कार्य हुन सक्ने भएकाले यो सूचना निकालेका हौँ ।“

जसमा ७० हजार रिचार्ज कार्ड १०० रुपैयाँका छन् भने ५०० रुपैयाँका रिचार्ज कार्डको सङ्ख्या २०० थान रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top