ट्रेण्डिङ

होमपेज / समाज

जननिर्वाचित प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

नेपालगाथा २०८२ भाद्र २८ गते शनिबार ००:१२:४० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका छन् । सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।

नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट जननिर्वाचित संसद् भंग गरेको मुलुकको इतिहासमा यो दुर्लभ घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top