ट्रेण्डिङ

होमपेज / समाज

भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ भाद्र २७ गते शुक्रबार ०९:२३:५१ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसले गर्दा देशभर साधारणतया माैसम बदली रहनेछ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top