ट्रेण्डिङ

होमपेज / समाज

त्रिभुवन विश्वविद्यालयकाे पठनपाठन कात्तिक १० गतेसम्म बन्द

नेपालगाथा २०८२ भाद्र २६ गते बिहीबार १०:५४:४३ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द हुने बताएकाे छ ।

बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।

सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top