ट्रेण्डिङ

होमपेज / समाज

विना काम घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

नेपालगाथा २०८२ भाद्र २५ गते बुधबार ०७:३७:३९ मा प्रकाशित

काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनकारीले आगो लगाएको संसद भवनमा सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ । अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू तैनाथ हुन थालेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top