ट्रेण्डिङ

होमपेज / समाज

प्रधानसेनापतिले आन्दोलनरत पक्षलाई वार्तामा आउन गरे अपिल

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार २१:३९:३४ मा प्रकाशित

काठमाडाैं । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।’

सिग्देलले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका हुन् । उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top