होमपेज / समाज
काठमाडौं । ललितपुरको नख्खु कारागारमा रहेका सबै कैदी निस्किएका छन् । जेनजीहरूको उग्र प्रदर्शनपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू कारागारबाट बाहिरिएका हुन् । कारागार बाहिर प्रदर्शनकारीहरू पुगेसँगै कारागार प्रशासन निरीह बन्न पुगेको थियो । लगत्तै, लामिछानेसहितका कैदीहरू बाहिरिएका छन् ।
ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने । सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो ।