ट्रेण्डिङ

होमपेज / समाज

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला हुँदै

नेपालगाथा २०८२ भाद्र २४ गते मंगलबार १०:४३:१४ मा प्रकाशित

काठमाडौं । सरकारले गरेको निर्मम हत्याको विरुद्धमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् । शक्ति र सत्ताको आडमा सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली प्रहार गरेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार पनि प्रदर्शन गर्ने संकेत देखाएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुरले भने बिहानदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिसकेका छन् । उता जेनजीले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर रहने भनेर उल्लेख गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top