होमपेज / समाज
काठमाडौं । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आंदोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गर्दछ। । सोमबार राति एक विज्ञप्ति जारी गर्दै अस्पतालले काठमाडौंसहित देशका विभिन्न जिल्लामा भएको जेन–जी युवाहरूको सडक आन्दोलनमा जीवन गुमाउनु भएका सम्पूर्ण महानूभाव हरूप्रति ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेकाे हाे।
‘यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गर्दछ ।’ ग्राण्डी अस्पतालले भनेको छ ।
अस्पतालले निःशुल्क उपचार र रगत व्यवस्थापनका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।
