ट्रेण्डिङ

होमपेज / समाज

जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना भंदा बढी घाइते

नेपालगाथा २०८२ भाद्र २३ गते सोमबार १७:२७:३७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ । घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम भईरहेकाे छ ।काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।

‘बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’

महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायतका अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको हाे भनि ती कर्मचारीले बताए । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top