ट्रेण्डिङ

होमपेज / समाज

स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी,अव्यवस्थाविरुद्ध प्रदर्शन

नेपालगाथा २०८२ भाद्र २३ गते सोमबार १०:४२:२९ मा प्रकाशित

काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेन जी)हरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु स्वत:स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्डहरु बोकेका छन् । कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।

जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् ।

हेर्नुहोस् जेनजीहरुको प्रदर्शनका केही तस्बिरहरु

 

     

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top