ट्रेण्डिङ

होमपेज / समाज

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन गरेन्न स्वागत ?

नेपालगाथा २०८२ भाद्र २१ गते शनिबार १६:४१:५४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका बेला भने उनी त्याे ठाउँमा देखिएनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् । गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ । इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरूको सहभागिता हुने गर्दछ । आयोजकका हिसाबले काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top