ट्रेण्डिङ

होमपेज / समाज

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

नेपालगाथा २०८२ भाद्र २० गते शुक्रबार ११:४१:१६ मा प्रकाशित

जनकपुर । मधेश प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ ।  मुस्लिम धर्मावलम्बीहरुले मनाउने मोहम्मद जयन्तीको अवरसमा मधेश प्रदेशमा आज सरकारले प्रदेशभरी बिदा दिएको हो ।

मधेश प्रदेश सरकारअन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै आज प्रदेशभरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । २०८१ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।

प्रदेश सरकार गठन भएदेखिनै मोहम्मद जयन्तीको दिन मधेश प्रदेशमा बिदा दिइँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top