होमपेज / समाज
काठमाडौं । हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा अलि दक्षिणतिर अवस्थित रहेको हुँदा। शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।
शुक्रबार राति देशभर साधारणतया माैसम बदली रहने पूर्वानुमान छ । राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।