होमपेज / समाज
प्रेमबहादुर थापा, सुर्खेत। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । यसअघि पनि पटकपटक पहिरो गएर कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।
गगने खोला भएकाे क्षेत्रमा यसअघि पनि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो । केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले बताएका थिए । कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्ला, कालिकोट तथा मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौँ जाने र आउने सवारीसाधनका यात्रीहरु अलपत्रमा परेका छन् ।