ट्रेण्डिङ

होमपेज / समाज

पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ भाद्र १८ गते बुधबार १०:३२:३४ मा प्रकाशित

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया माैसम बदली रहने बताएको छ । लुम्बिनी प्रदेश लगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।

त्यसैगरी, आज राति कोशी र मधेस प्रदेश लगायत अन्य देशका पहाडी भागमा साधारणतया माैसम बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । कोशी, तराई र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रमा प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top