ट्रेण्डिङ

होमपेज / समाज

पाँच प्रदेशमा मध्यम वर्षाकाे सम्भावना

नेपालगाथा २०८२ भाद्र १७ गते मंगलबार १०:३९:२७ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ । जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया माैसम बदली रहनेछ र बाँकी केही भू–भागमा आंशिक देखि साधारणतया माैसम बदली रहेको छ ।

सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको ।

कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top