ट्रेण्डिङ

होमपेज / समाज

भारी वर्षाकाे सम्भावना

सतर्कता अपनाउन आग्रह

नेपालगाथा २०८२ भाद्र १६ गते सोमबार १०:१९:४२ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका वभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भएको र हुने क्रम जारी रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै विभागले बागमती प्रदेशका सिन्धुपाल्चोक, दोलखा, काभ्रे, चितवन लगायत अन्य क्षेत्र, गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, कास्की लगायतका क्षेत्र, कर्णाली प्रदेशका जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला लगायतका क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी, डढेलधुरा, कञ्चनपुर लगायत अन्य क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जनाएको हो ।

वर्षाको क्रम अझै जारी रहेको र विशेष गरी सुदूरपश्चिम प्रदेशका भूभागमा अझै मेघगर्जनसहित वर्षा गराउने बादल विकसित भइरहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top