होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ ।
त्यस्तै, महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया माैसम बदली रहन् अवस्था रहेको छ । साथै, देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना पनि रहेकाे छ ।
शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया माैसम बदली रहनेछ । राति कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।