ट्रेण्डिङ

होमपेज / समाज

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

नेपालगाथा २०८२ भाद्र ११ गते बुधबार १२:०३:५७ मा प्रकाशित

जुम्ला । सडक भासिएपछि कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला राेड अवरुद्ध भएको छ । कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मंगलबार राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मत सम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

मर्मत सम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न उनले अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top