ट्रेण्डिङ

होमपेज / समाज

लोकभाका सङ्कलक प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कार

नेपालगाथा २०८२ भाद्र ७ गते शनिबार १४:३५:२२ मा प्रकाशित

प्रेमबहादुर थापा, सुर्खेत । वरिष्ठ कलाकार प्रेमदेव गिरी जगदम्बा-श्री पुरस्कारबाट सम्मानित हुने भएका छन् । मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याउनुभएकामा ‘प्रेमदेव गिरीज्यू’लाई जगदम्बा-श्री बाट सम्मानित गर्ने निर्णय गरेकाे हाे।

कर्णाली प्रदेशका गौरव, लोकभाका सङ्कलन र संरक्षणमा अपूर्व योगदान पुर्‍याउँदै आएका गिरीले नेपाली कला-संस्कृतिलाई नयाँ उचाइमा पुर्‍याउँन महत्वपूर्ण भूमिका खेलेका छन् । 

नेपाली संस्कृति संरक्षणका मियो, देशका गौरव, मुर्धन्य कलाकार तथा ३० को दशक ताका स्वर सम्राट नारायण गोपालका समेत सङ्गीत सहयात्री तथा बागीना समूहका सल्लाहकार प्रेम देव गिरी लाेकभाकाका मुर्धन्य व्यक्ति हुन् । गिरीलाई जगदम्बा-श्री पुरस्कार बाट सम्मान गर्ने निर्णयले सिङ्गो कर्णाली मात्र नभई सम्पूर्ण नेपाली कला-संस्कृतिलाई उजागर गरेको छ। 

सुर्खेत निवासी गिरी मिलनसार र सामान्य जीवनयापन गर्न रुचाउने स्रष्टा हुन् ।

 के हाे जगदम्बा-श्री पुरस्कार ?

‘जगदम्बा-श्री’ नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान पुरस्कार हो। गुठीका संस्थापिका स्व. रानी जगदम्बाकुमारी देवीको स्मृतिमा २०४५ सालमा यो सम्मान पुरस्कार स्थापना भएको हो। यो सम्मानको रकम २०७५ देखि चार लाख भएको छ।

प्राप्त राय सुझावहरू आधारमा मिति २०४५।१२।३० मा ‘जगदम्बा-श्री’ सम्बन्धी नियमहरू पारित भएको थियो। ‘मदन पुरस्कार’ स्थापना हुँदा संवत् २०१२ सालमा गुठीको दानपत्र-नियमावली तथा ‘जगदम्बा-श्री’ सम्बन्धी नियमहरूको तजुर्मा श्री शम्भुप्रसाद ज्ञवालीद्वारा भएको हो।

‘जगदम्बा-श्री’ सम्मान पुरस्कारका लागि नेपाली भाषाको सेवालाई एक मात्र आधार मानिएको छ। मरणोपरान्त ‘जगदम्बा-श्री’ पुरस्कार प्रदान गरिंदैन। विभिन्न क्षेत्रबाट आएका सुझाव, सल्लाह र छनौट भएका नामावली मध्येबाट प्रत्येक वर्ष गठन हुने छनौट समितले सिफारिस गरेको व्यक्ति/संस्थालाई यो सम्मान प्रदान गरिन्छ।

जगदम्बा-श्री पुरस्कारबाट हालसम्म सम्मानितहरू:

सम्मान नाम
जगदम्बा-श्री २०८० योगेन्द्र प्रसाद यादव
जगदम्बा-श्री २०७९ टेकवीर मुखिया
जगदम्बा-श्री २०७८ दुर्गाप्रसाद श्रेष्ठ
जगदम्बा-श्री २०७७ भैरवबहादुर थापा
जगदम्बा-श्री २०७६ शान्ति ठटाल
जगदम्बा-श्री २०७५ बैरागी काइँला
जगदम्बा-श्री २०७४ शान्तदास मानन्धर
जगदम्बा-श्री २०७३ दुर्गा बराल (वात्स्यायन)
जगदम्बा-श्री २०७२ लीलबहादुर क्षत्री
जगदम्बा-श्री २०७१ अङ्गूरबाबा जोशी
जगदम्बा-श्री २०७० शिव रेग्मी
जगदम्बा-श्री २०६९ रत्नशमशेर थापा
जगदम्बा-श्री २०६८ संशोधन मण्डल
जगदम्बा-श्री २०६७ दुर्गालाल श्रेष्ठ
जगदम्बा-श्री २०६६ राजेन्द्र विमल
जगदम्बा-श्री २०६५ रामशरण दर्नाल
जगदम्बा-श्री २०६४ कृष्णप्रसाद पराजुली
जगदम्बा-श्री २०६३ तीर्थबहादुर श्रेष्ठ
जगदम्बा-श्री २०६२ भैरव रिसाल
जगदम्बा-श्री २०६१ फणीन्द्रराज खेताला

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top