ट्रेण्डिङ

होमपेज / समाज

तिन प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ भाद्र ७ गते शनिबार ०९:२९:१२ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । जसका कारण हाल देशभर मौसम साधारणतया बदली रहनेछ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी लगायत बाँकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो भने देशभर साधारणतया माैसम बदली रहनेछ र देशका पहाडी भू–भागका केही स्थानमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top