ट्रेण्डिङ

होमपेज / समाज

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ भाद्र ६ गते शुक्रबार १०:१९:५४ मा प्रकाशित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसको प्रभावले हाल देशका पहाडी भू–भागमा साधरणतया माैसम बदली रहनेछ र बाँकी केही भू–भागमा आंशिक देखि साधारणतया माैसम बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा साधारणतया माैसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top