ट्रेण्डिङ

होमपेज / समाज

केही स्थानहरुमा भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ भाद्र ५ गते बिहीबार १०:३९:२८ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया माैसम बदली रहनेछ र बाँकी केहि भू–भागमा आंशिक देखी साधारण माैसम बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति देशभर साधारणतया माैसम बदली रहनेछ । कोशी, मधेश, बागमती र गणडकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना र कोशी, बागमती र एकदुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top