ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

नेपालगाथा २०८२ भाद्र ४ गते बुधबार १२:१२:४८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी पनि रहेको गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top