ट्रेण्डिङ

होमपेज / समाज

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

नेपालगाथा २०८२ भाद्र २ गते सोमबार १०:०६:५५ मा प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसपाली दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने जानकारी दिएको छ । आइतबार बसेको पूर्वाधार विकास समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं र तिहारको समयमा भाडा बढाउने योजना नरहेको बताएका छन् । उनले भने, ‘इन्धनको मूल्य बढे बढाउने, मूल्य घटे घटाउने खालको अटोमेसन सिस्टम हाम्रोमा छ । यसपालीको दशैं–तिहारमा ठ्याक्कै भाडा बढाउने योजना रहेको छैन ।’

उनले व्यवसायीहरुलाई दशैं र तिहारको बेलामा मानिसको चहलपहल बढी हुने मौका पारेर भाडा बढाउने भएकाले त्यस्तो नगर्न पहल गरेको समेत बताए । उनले समितिमा मन्त्रालयको मातहतमा रहेका सडकहरु प्रदेश सरकारको निर्णयनुसार प्रदेशलाई हस्तान्तरण गर्ने बताए । ‘पहिले यी सडक प्रदेशले हेर्नुपर्छ भनेर जबरजस्ती थुपारेको अवस्था थियो । अहिले उहाँहरुले निर्णय गरेपछि उहाँहरुलाई हस्तान्तरण गरेका छौँ,’ उनले भने ।

यस्तै, समितिमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पहिरोका बारेमा वर्षामा मात्र आवाज उठ्ने गरेको भन्दैै यसमा गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top