होमपेज / समाज
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई र पहाडी भू–भाग तथा बाँकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।