ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओली आज धनुषा र महोत्तरी जाँदै

नेपालगाथा २०८२ श्रावण ३० गते शुक्रबार ११:३१:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी हुन मधेश जान लागेका हुन् । आज बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्री ओली धनुषा प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री ओलीले धनुषामा मधेश प्रहरी कार्यालय उद्घाटन र हंसपुरमा बाटो शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि उनी धनुषाबाट महोत्तरी प्रस्थान गर्नेछन् । महोत्तरीमा पनि उनी बाटो शिलान्यासको कार्यक्रममा सहभागी हुनेछन् ।

धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्किनेछन्

प्रतिक्रिया

सम्बन्धित खवर

Top