होमपेज / समाज
नेपालगन्ज । बाँके जिल्लामा रहेकाे सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै अत्यधिक बढ्दै गई रहेकाे छ। पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामीहरु उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लामा रक्तदान गर्नेभन्दा रगतको माग बढी हुने गरेका कारण सधैँ रगतको अभाव हुने गरेको बताए । उनले सोही कारणले रक्तदान गर्ने सङ्घ संस्था र दातालाई सधैँ रगतका लागि गुहार्नु परेको बताए । प्रमुख रेग्मीका अनुसार बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसञ्चार केन्द्रमार्फत रगत सङ्कलन र वितरणको काम हुँदै आएको छ ।
सङ्कलित रगतमध्ये अधिकांश नेपालगन्जको भेरी अस्पताल र सञ्जीवनी शिक्षण अस्पताल तथा कोहलपुरको शिक्षण अस्पतालमा खपत हुने गरेको छ । सङ्कलनभन्दा माग सधैँ बढी हुने गरेकाले रगतको अभाव निरन्तर हुने गरेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ ।
उनले भने, “नेपालगन्जमा दैनिक ६० देखि ७० पिन्ट, कोहलपुरमा १५ देखि २५ पिन्ट र खजुरामा आठदेखि १२ पिन्टसम्म रगतको माग हुने गरेको छ । यति धेरै रगत सङ्कलन नहुँदा पु¥याउन समस्या भएको हो ।” उनले रगत अभाव कम गर्नका लागि रक्तदान अभियानलाई झन् तीव्र पार्न सङ्घ संस्था र दातासँग अनुरोध गरेका छन् ।
तेइस हजार पिन्ट रगत वितरण