होमपेज / समाज
काठमाडौं । सोमबार सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया माैसम बदली रहने बताएको छ । मधेस प्रदेशलगायत कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।
कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेस प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।