होमपेज / समाज
काठमाडौँ । यातायात व्यवस्थापनका साथै ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन लागु गर्न लागेकाेे छ । सो ऐनका लागि तयार गरिएको ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेपछि सो विधेयक संसद्मा पेस गरिने छ । मन्त्रालयका सहसचिव एवं पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाई गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउनुका साथै बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन न्यून गर्न नयाँ ऐन ल्याउन बताएका छन् ।
नयाँ ऐनमा ट्राफिक नियम उल्लङ्घनका ३४ वटा गल्तीमा तत्काल कारबाही हुने प्रस्ताव गरिएको छ । त्यसै गरी पाँच सयदेखि ५० हजार रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था गरिएको छ । चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपियाँ जरिबाना गरिने व्यवस्था गरिएको हो । ऐनमार्फत एकै पटक कारबाहीको दायरा र जरिबाना रकम बढाउन लागिएको उनको भनाइ छ । कसैलाई किची, ठक्कर दिई सो व्यक्तिको मृत्यु भएको अवस्थामा ज्यान मार्ने मनसाय प्रमाणित भए सवारीसाधन चलाउने व्यक्तिलाई जन्मकैद व्यवस्था प्रस्ताव गरिएको छ । नयाँ ऐन लागु भइसकेपछि ट्राफिक नियम उल्लङ्घन गर्ने निरुत्साहित हुनुका साथै मुलुकको यातायात थप व्यवस्थित हुने महाशाखा प्रमुख पन्थको भनाइ छ । जरिबाना कम हुँदा ट्राफिक नियम उल्लङ्घन बढ्ने गरेको बताउँदै उहाँले उल्लङ्घन निरुत्साहित गर्न ऐनमार्फत जरिबाना बढाउन लागिएको स्पष्ट पारे ।
के के छ जरिबाना ?
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले ट्राफिक प्रहरीले अहिले काठमाडौँ उपत्यकामा मासिक करिब ९० हजार सवारीसाधनलाई सडक नियम मिचेकोमा कारबाही गरिँदै आएको जानकारी दिए ।