ट्रेण्डिङ

होमपेज / समाज

भारी वर्षाको सम्भावना

नेपालगाथा २०८२ श्रावण २५ गते आइतबार १०:४२:२२ मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । यस्तै, कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका केही र मधेश प्रदेश लगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ भने कोशी र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेकाे छ ।

त्यस्तै, आज राति देशभर साधारणतया माैसम बदली रहनेछ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top