ट्रेण्डिङ

होमपेज / समाज

पशुपतिनाथलाई पवित्रारोहण गरिँदै

नेपालगाथा २०८२ श्रावण २३ गते शुक्रबार १०:१६:१३ मा प्रकाशित

काठमाडौं । आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ । श्रावण शुक्ल चतुर्दशीका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्रमा विकास कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको छ । भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उनी गोसाइँकुण्डमा जाने विश्वास पनि रहिआएको छ ।

आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा छ । तर पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top