ट्रेण्डिङ

होमपेज / समाज

मध्यम वर्षाको सम्भावना

नेपालगाथा २०८२ श्रावण २३ गते शुक्रबार १०:०५:२० मा प्रकाशित

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग लगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू–भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति भने देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top