ट्रेण्डिङ

होमपेज / समाज

दिल्लीबाट उद्धार गरिएका नेपाली महिलालाई नेपाल ल्याइयो

नेपालगाथा २०८२ श्रावण २३ गते शुक्रबार ०९:५४:५२ मा प्रकाशित

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलालाई उद्धार गरी नेपाल ल्याइएको छ । दिल्लीस्थित नेपाली राजदूतावास, भारत प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहयोगमा उनीहरुलाई सुनौली नाका हुँदै नेपाल ल्याइएको हो भनी इन्डियाका संस्थापक नविन जोशीले जानकारी दिए ।  जोशीले भने दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो । जोशीका अनुसार खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदार भारतको बाटो हुँदै खाडीका पाँच देश लैजाने क्रममा उद्धार गरिएको हो ।

खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना भएको र अलपत्र पर्ने क्रम समेत बढ्दै गएकाले आफूहरुले त्यसमा निगरानी गरिरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top