होमपेज / समाज
सुर्खेत । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । उक्त नतिजामा सुर्खेतको इगरब्रिज आवासीय माध्यमिक विद्यालयका विद्यार्थी कमल रावतले ३ं.९४ जिपिए ल्याएर कर्णाली प्रदेश प्रथम हुनुका साथै नेपाल तृतीय भएको विद्यालयले जनाएको छ ।
इगरब्रिज आवासीय माध्यमिक विद्यालयले विगत लामो समयदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गतवर्ष मात्रै विद्यालयले कक्षा १२ को नतिजामा कर्णाली प्रदेश प्रथम हुनुका साथै नेपाल द्वितीयको नतिजा ल्याउन सफल भएको थियो ।
कर्णाली प्रदेशको मात्र नभएर नेपालकै एक उत्कृष्ट शैक्षिक गन्तब्य बनाउने अभ्यासमा लागिरहेको वेला उत्कृष्ट नतिजा आएको विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भुसालले जानकारी दिनुभयो ।