होमपेज / समाज
सुुर्खेत । इगरब्रिज आवासीय माध्यमिक विद्यालय विरेन्द्रनगर १०, सुर्खेतले फोक्सो र अण्डकोषको क्यानसरको उपचार गरिरहनु भएका शीर्षक थापालाई सहयोग गरेको छ ।
विद्यालय प्रशासन, शिक्षक तथा कर्मचारीहरुका तर्फबाट विद्यालयका प्रिन्सिपल दिपेन भुसालले थापाका बुवा डम्बर थापालाई विद्यालय परिसरमा एक लाख ११ हजार एक सय रुपैयाँको नेपाल बैैंक लिमिटेडको चेक हस्तान्तरण गर्नुभएको हो ।
फोक्सो र अण्डकोषको क्यानसरको उपचार गरीरहनु भएका शीर्षक थापा इगरब्रिज माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् ।