ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालगाथा २०८२ श्रावण १९ गते सोमबार १८:३०:४७ मा प्रकाशित

काठमाडौं । परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार  ५ सय २५ परीक्षार्थी सामेल थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका छन् ।

बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिकमा ढिलाइ भएको थियो ।

गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top