ट्रेण्डिङ

होमपेज / समाज

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द

नेपालगाथा २०८२ श्रावण १९ गते सोमबार १०:४०:१८ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको अत्यधिक बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी साधन आवजवाजतमा रोक लगाइएको छ । लगातार वर्षापछि महाकाली नदीमा पानीको सतह बढेकाले चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

“महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।” उनले भने–“महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइन्छ ।” उनका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top