ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलको मूल्य घट्यो र मट्टितेलको बढ्यो

नेपालगाथा २०८२ श्रावण १६ गते शुक्रबार ०९:३०:४८ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले शुक्रबार बिहानदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ ।

निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top