होमपेज / समाज
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया माैसम बदली रहने छ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाकाे स्मभावना रहेकाे छ।
आज दिउँसो देशभर साधारणतया माैसम बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेश प्रदेश लगायतका बाँकी तराई भू–भागका एकदुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।