ट्रेण्डिङ

होमपेज / समाज

ज्ञानेन्द्र शाही र कुलमानलाई ‘ग्लोबल हिरो अवार्ड’

नेपालगाथा २०८२ श्रावण १२ गते सोमबार ११:४७:३५ मा प्रकाशित

न्युयोर्क । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्यत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ । अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक समारोहकाबीच राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप शाही र घिसिङलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा नेपाली डायस्पोराका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल नेपालीले नेपाली प्रतिभा र राष्ट्रका लागि समर्पित व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर उनीहरूको योगदानलाई उच्च कदर गर्दै आएको छ । अवार्डपछि शाहीले विदेशमा हुने सबै नेपालीहरुप्रति आभार व्यक्त गर्दै अवार्डको श्रेय जुम्ला, कर्णालीका साथै देश विदेशमा रहेका सुशासनको पक्षमा बोल्ने नेपालीहरुप्रति समर्पित गरेका छन् । उनले यो अवार्डले निःसन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिने र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

यस्तै, घिसिङले पनि अवार्डका लागि आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top